बर्षौ देखि पाउँदै आइहेको एक महिनाको तलब बराबरको भत्ता नपाउने भएपछि राष्ट्रिय बीमा कम्पनी का कर्मचारीहरुले आन्दोलन थालेका छन्। यस अघि हरेक वर्ष कम्पनीको बार्षिक उत्सवको अवसरमा कर्मचारीहरुले एक महिना वराबरको तलब पाउने गरेका थिए।
यस वर्ष देखि भने अर्थमन्त्रालयले त्यस्तो भत्ता रोकिपछि कर्मचारी आन्दोलित भएका हुन् ।
राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघका महासचिव देवराज घिमिरेले भने ‘हाम्रो कम्पनी नियमावली अनुसार हरेक वार्षिक उत्सवको अवसरमा एक महिना बराबरको भत्ता पाउने व्यवस्था छ। तर अर्थमन्त्रालयको नदिनु भनेर पत्र काटेको छ। त्यही भएर हामी आन्दोलित भएका हौं।’
कम्पनी प्रशासनले जब सम्म समस्या सल्टाउँदैन तबसम्म आन्दोलन जारी रहने उनको भनाई छ । आइतबारदेखि दैनिक एक घण्टा धर्ना कार्यक्रम राखिएको उनले जानकारी गराए।
अर्थमन्त्रालयले बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको भत्ता रोकेपछि साउन १८ गते शनिबार हुने वार्षिकोत्सव कार्यक्रम समेत प्रभावित भएको थियो।