धनुषामा सुस्त मनस्थितिकी महिलामाथि सामुहिक बलात्कार, दुईजना पक्राउ

अनलाईन न्युजपाटी ,जनकपुर   ,समाचारदाता ,भदौ ७  ।

धनुषामा एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनुषामाधाम नगरपाकिलाका–३ बस्ने एक सुस्त मन्स्थितिकी महिलालाई बलात्कार गरेको आरोपमा बिहिबार दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।स्थानीय दुई युवाले बिहीबार राति महिलालाई गाउँबाट उठाएर सबैला नगरपालिका–५ मखनहा स्थित जंगलमा पुर्याएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । स्थानीय दुई किसोर मिलेर आँफूलाई बलात्कार गरेको पीडित महिलाले दिएको जाहेरीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।धनुषाधाम नगरपालिका–३ का २० बर्षीय सुनिलकुमार मण्डल र १८ वषीय इन्दल मण्डलले ती महिलालाई मिलेर बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरको हो । बलात्कारको आरोपमा पक्राउ परेको दुवै जनालाई धनुषा प्रहरीको हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक सन्त जयसवालले जनाए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *