धनुषाको हंसपुर नगरपालिकामा पतिले बञ्चरो प्रहार गरी पत्नीलाई गम्भीर घाइते बनाए

अनलाईन न्युजपाटी जनकपुर  ,समाचारदाता, भदौ १३ गते ।

धनुषाको हंसपुर नगरपालिकामा पतिले बञ्चरो प्रहार गरी पत्नीलाई गम्भीर घाइते बनाएको घटना पाँच दिन पछि सार्वजनिक भएको छ। 
हंसपुर नगरपालिका ८ रमनगराका करिब ४० बर्षीय रामअशिष सदाले बञ्चरो प्रहार गर्दा पत्नी ३० बर्षीया सुमिन्त्रा सदा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।घटना लगत्तै छिमेकीले रामअशिषलाई ईलाका प्रहरी कार्यालय सुगानिकासको जिम्मा लगाएपनि प्रहरीले दुईदिन पछि उनलाई छाडेको बताइएको छ । 
रामअशिषले आईतबार आपसी विवादमा घरमै पत्नीमाथि बञ्चरो प्रहार गरी घाइते बनाएका थिए।रामअशिषले आफु कुनै काम नै नगरी दिनभर घरपरिवारसँग कुनै मतलब नराख्ने गरेकोले उनकी पत्नीले घरपरिवार चलाउनका लागि मजबुर भएर अर्काको घरमा मजदुरी गर्दैथिइन तर उल्टै उनले आफ्नो पत्नीको परपुरुषसँग सम्बन्ध रहेको प्रहरी समक्ष बयान दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *