सासुको हत्या गरी १५ वर्षदेखि फरार रहेको एक अभियुक्त पक्राउ

अनलाईन न्युजपाटी,महोत्तरी,समाचारदाता भदौ २८  गते ।  

महोत्तरीमा सासुको हत्या गरी १५ वर्षदेखि फरार रहेको एक अभियुक्तलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।शुक्रबार बिहान प्रहरीले महोत्तरीको औरही नगरपालिका २ का अभियुक्त विनोद सदालाई औरहीबाट पक्राउ गरी सार्वजनिक गरेको हो । उनले २०६१ कात्तिक १८ गते औरही नगरपालिका २ मा आफ्नो ४० वर्षीया सासु बेचनी देवी सदाको हत्या गरेका थिए ।प्रहरी निरीक्षक किशोर अचार्यले फरार रहेका प्रतिवादी मुसहरले घरायसी विवादका कारण आफ्नो सासु बेचनी देवी सदालाई बञ्चरो प्रहार गरी हत्या गरेको बताउँदै उनलाई गएराति घरबाटै पक्राउ गरेको बताए । विनोदलाई प्रहरीले विशेष सुराकीका आधारमा गएराति घरबाटै पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।पक्राउ परेका मुसहरलाई आवश्यक कानूनी कारवाहीका लागि जलेश्वर पठाउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *