जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा सूचिकृत गर्न सीमाङ्कन गरिने

अनलाईन न्युजपाटी,जनकपुरधाम  ,समाचारदाता भदौ ३१  गते।

जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा सूचिकृत गर्न सीमाङ्कन गरिने भएको छ । आगामी छ महीनाभित्र जानकी मन्दिर क्षेत्र सीमाङ्कन गर्ने प्रक्रियाको थालनी हुने भएको छ ।पुरातत्व विभागको पहलमा गङ्गासागर, धनुषसागर, राममन्दिर र जानकी मन्दिरसम्मको क्षेत्रलाई आधारमानी सीमाङ्कन गरिने जनाइएको छ । सीमाङ्कन गर्दा सो क्षेत्रमा भवनको मापदण्डबारे सरोकारवालासँग छलफल गरी सीमाङ्कनको प्रक्रिया अगाडि बढाइने योजना छ ।
पुरातत्व विभागले सोमबार काठमाडौंमा आयोजना गरेको एक अन्तक्र्रिया कार्यक्रममा उक्त विभागले जानकारी गराएको हो ।सीमाङ्कनको प्रक्रिया पूरा भएपछि सीमाङ्कन भइसकेको क्षेत्रलाई संरक्षित प्राचीन स्मारक क्षेत्र घोषणा गरी सूचीकृत हुने अन्य मापदण्डको कार्यलाई गति प्रदान गरिने छ ।युनेस्कोद्वारा सन् २००८ मा जानकी मन्दिरलाई विश्व सम्पदाको सम्भाव्य सूचीमा राखिए पनि स्थानीयस्तरमा सूचीकृतका मापदण्डप्रति अग्रसरताको अभावले गति लिननसकेको बताइएको छ । प्रदेश नं–२ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकी मन्दिरलाई विश्वसम्पदामा सूचीकृत गराउने प्रक्रिया र पहलमा सरकार क्रियाशील रहने बताए ।पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले विश्वसम्पदा सूचीमा सूचीकृत गराउने सन्दर्भमा स्थानीय सरकारले कानूनी आधारको आवश्यक प्रक्रिया पूरा गराउन पहल गर्नु जरूरी रहेको बताए ।पुरातत्वविद् भीमप्रसाद नेपालले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रियाअन्तर्गत सीमाङ्कनपछि व्यवस्थापकीय योजना निर्माण गर्नुपर्ने जानकारी गराए

Leave a Reply

Your email address will not be published. Required fields are marked *