अबैध रुपले संचालित जीतपुरसिमराका तिन क्लिनिकमा प्रशासनको तालाबन्दी

अनलाईन न्युजपाटी,सिमरा,समाचारदाता असोज १४  गते।

ईलाका प्रशासन कार्यालय सिमराले जीतपुरसिमरा उपमहानगरपालिकाभित्र सञ्चालित तिन वटा क्लिनिकमा तालाबन्दी गरेको छ । 

सोमबार सिमरा, डुमरवाना लगायत क्षेत्रमा गरिएको अनुगमनका क्रममा बिना दर्ता सञ्चालन भएको र औषधी समेत ईजाजत बिनै बिक्रि बितरण गरेको पाईएपछी प्रशासनले उक्त क्लिनिकहरुमा ताला लगाएको हो । सिमराको स्टार पोलि क्लिनिक, लाईफलाईन क्लिनिक, डुमरवानाको डुमरवाना पोलि क्लिनिक गरि कुल तिन वटा क्लिनिकमा अनुगमन भएकोमा तिनवटैमा ताला लगाईएको ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख कृष्ण गैरेले जानकारी दिए । 

अनुगमनका क्रममा अधिकांस क्लिनिकमा आधिकारिक ब्यक्ती नबस्ने, आयुर्बेदिकका नाममा बिना ईजाजत एलोपेथिक औषधी बिक्री बितरण गरेको समेत पाईएको उनले बताए । 

क्लिनिकका सञ्चालकहरुलाई सम्बन्धित निकायमा दर्ता हुन र औषधी बिक्री बितरणका लागी अनुमती लिन आग्रह गरिएको गैरेले बताए । बन्द गराईका सबै क्लिनिकको साँचो सम्बन्धित वडाका अध्यक्षहरुलाई बुझाईएको र प्रकृया पुर्याएर आएपछी जनप्रतिनिधिले नै उक्त ताला खोलिदिने उनले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *