अनलाईन न्युजपाटी,जनकपुरधाम ,समाचारदाता असोज १७ गते।
जनकपुरबाट कटुवा पेस्ताल सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी परिकौली बस्ने वर्ष २० का आन्नद पाठक रहेको प्रदशेश २ प्रहरी कार्यालयले जनाएको छ ।उनलाई बिहीबार साँझ ६ बजे नलकटुवा पेस्तोल सहित जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलिया स्थित मनिपालबाट प्रदेश प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।पक्राउ परेका पाठकलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ ।