तस्करी गर्ने नया तरिका तरकारीको झोलामा लागूऔषध

अनलाईन न्युजपाटी,वीरगञ्ज,समाचारदाता असोज २६ गते।

सशस्त्र प्रहरी बलले वीरगञ्जबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका –१५ भेडियाही बस्ने २० बर्षका जितेन्द्र पासवान लागु औषध इन्जेक्सनसहित पक्राउ परेका हुन् । भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउदै गर्दा पासवानले तरकारीको झोलामा लागूऔषध राखेर सुरक्षाकर्मीको आँखा छल्ने प्रयास गरेका थिए ।

उनको साथबाट लागूऔषध इन्जेक्सन डाइजेपाम, नुर्फिन र फेनारगन २÷२ सय थान फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिए । ‘पासवानले बोकेको झोलामा माथिपट्टी घिरौला, प्याज र काउली तरकारी थियो’ उनले भने ‘तरकारीको मुनि लागूऔषध राखेको रहेछ ।’

सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म पर्साको टोलीले चेकजाँचको क्रममा शनिबार वीरगञ्ज–१६ स्थित भन्सार मूल गेटअगाडि सडक खण्डबाट उनलाई पक्राउ गरेको थियो । बरामद गरिएको लागू औषधसहित उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *