सडकको विषयमा विवाद हुँदा धारिलो हतियार प्रहार गरी एकजनालाई गम्भीर घाइते बनाइए

अनलाईन न्युजपाटी, जनकपुरधाम, समाचारदाता, कार्तिक १९ गते।

धनुषामा सडकको विषयमा विवाद हुँदा धारिलो हतियार प्रहार गरी एकजनालाई गम्भीर घाइते बनाइएको छ।  सोमबार साँझ सडकबारे विवाद हुँदा कमला नगरपालिका–३ लगका शत्रुधन महतोको टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाइएको छ। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको छ। शत्रुधनमाथि स्थानीय राजकुमार भण्डारी र अरुण भण्डारीले धारिलो हतियार प्रहार गरेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक राजन थापाले जानकारी दिए। राजकुमारलाई तत्कालै पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ। घटनामा संलग्न अरुण पनि घाइते भएका छन्। उनको पनि उपचार भइरहेकाले तत्काल पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताए।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *