अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, कार्तिक २७ गते।
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत बुधबार अमेरिका जाँदैछन् । लामो समयदेखि मुख्यमन्त्री कार्यालयले राहदानीको लागी प्रयास गर्दै आएकोमा कुटनीतिक राहदानी पाएपछि मुख्यमन्त्री राउतको अमेरिका यात्रा सुरु हुन लागेको जनाएको छ ।मुख्यमन्त्री राउतसँगै प्रदेश २ का मुख्य न्यायधीवक्ता दीपेन्द्र झा पनि अमेरिका जान लागेका छन् । मंगलबार जनकपुरधामबाट दुवैजना प्रस्थान गरेका थिए भने आज अपरान्ह ३ बजे राजधानी काठमाडौँबाट अमेरिकाको लागि प्रस्थान गर्ने छन् ।मुख्यमन्त्री राउत अमेरीकामा एसोसिएट अफ नेपाली तराईयन इन अमेरिका को साधारणसभामा भाग लिने छन् । एन्टा अमेरिकामा बस्ने मधेसी मूलको नागरिकहरुको संस्था हो । एन्टाको कार्यक्रममा गएका मुख्यमन्त्री राउत मंसिर ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।अरु मुख्यमन्त्रीहरुलाई अमेरिका भ्रमणमा जान दिएपनि आफूलाई पटक–पटक रोक लगाउँदै आएको गुनासो मुख्यमन्त्री राउतले केहिदिन पहिला जनकपुरधाममा आयोजित नेपाल साहित्य उत्सवमा गरेका थिए ।उनले राहदानी दिने क्रममा परराष्ट्र मन्त्रालयले १० दिनसम्म कुराएर अपमानित गरेको समेत बताएका थिए ।