अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, मंसिर ५ गते।
तनहुँ जिल्लाको ब्यास नगरपालिका–१ मुसेखोलामा आज चितुवा मृत अवस्थामा फेला परेको छ । पृथ्वीराजमार्ग अन्तर्गत मुसेखोला नजिकैको खेतमा मृत अवस्थामा चितुवा फेला परेको हो ।मृत अवस्थामा चितुवा देखेपछि स्थानीयवासीले डिभिजन वन कार्यालयमा खबर गरेका थिए । सात/आठवर्षको भाले चितुवा चोटपटक लागेर मरेको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले अनलाईन न्युजपाटीलाई जानकारी दिए ।