महोत्तरीमा ट्रक र मोटरसाईकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु, एकजना गम्भीर घाइते

अनलाईन न्युजपाटी,महोत्तरी,समाचारदाता, पौष ९  गते।

महोत्तरीमा ट्रक र मोटरसाईकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएको छ ।बर्दिबास काठमाण्डौं सडकखण्डको विपी राजमार्ग अन्तर्गत बुधबार बिहान बर्दिबासबाट सिन्धुलीतर्फ गइरहेको ग ६ प १७८९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख २६४५ नम्बरको ट्रकले बर्दिबास नगरपालिका-३ पाटु भन्ने स्थानमा ठक्कर दिँदा सिन्धुलीको तिनपाटन गाउँपालिका–१० लङ्गुर खोलाका २५ वर्षीय सरोज तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।दुर्घटनामा सिन्धुलीको तिनपाटन गाउँपालिका –१० लङ्गुर खोला घर भएका २३ का कुमार खाती गम्भीर घाइते भएका छन् । घाइते खातीलाई उपचारको लागि काठमाण्डौं स्थिति ग्राण्डी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *