नगराईन नगरपालिकाका जनकपुरबाट सव ईन्जिनियर ५५ हजार घुस सहित अख्तियारको फन्दामा

अनलाईन न्युजपाटी, जनकपुरधाम समाचारदाता,साउन २४।

धनुषाको नगराईन नगरपालिकाका एक सव ईन्जिनियर ५५ हजार रुपैयाँ घुस सहित जनकपुरबाट रंगेहात अख्तियारको फन्दामा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले नगराईन नगरपालिकाका सव ईन्जिनीयर उमेश मण्डललाई शुक्रबार साँझ ६ बजे ५५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

मण्डलले काम सम्पन्न भएको योजनाको भुक्तानी गराई दिने वापत जनकपुर अंचल अस्पताल अगाडी एक सेवाग्राहीसंग घुस लिइरहेको बेला पक्राउ गरेको आयोगले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *