अनलाईन न्युजपाटी, राजविराज समाचारदाता , साउन ३०।
राजविराजस्थित कारागारमा ज्यान मुद्दा
उद्योगमा कैदी जिवन बिताइरहेका एक जना कैदीको बुधबार साँझ मृत्यु भएको
छ ।
मृत्यु हुनेमा सप्तरीको तिरहुत गाउँपालिका वडा नं. ५ लोहजरा निवासी ७९ वर्षीय रवि
मरिक रहेको जेलर सत्यनारायण यादवले जानकारी दिएका छन् ।
उच्च रक्तचापबाट पीडित रहेका मरिक अचानक बिरामी परेपछि उपचारका लागि राजविराजस्थित
गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको कारागारका जेलर
यादवले बताए ।
मृत्यु भएका मरिकलाई ज्यान मुद्दामा जिल्ला अदालतले २ वर्ष ५ महिना कैद
तोकेको थियो । सोही कैदभुक्तान गर्नको लागि उनी २०७५ साल असार ६
गते कारागारमा आफै हाजिर भएका थिए ।