हेटौँडामा बस दुर्घटना : एक जनाको मृत्यु, १५ जना घाइते

अनलाईन न्युजपाटी, हेटौडा समाचारदाता , साउन ३१  । 

 हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

शुक्रबार बिहान झण्डै साढे २ बजे काठमाण्डौबाट रौतहटतर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । 

घाइते भएका मध्ये १० जना सामान्य रहेको र ३ जनालाई भरतपुर उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ। यस्तै २ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भईरहेको प्रहरीको भनाइ छ।

दुर्घटनामा गम्भीर घाइते भएका सर्लाही रामनगर वोरहवा गाउँपालिका ५ बस्ने ५८ बर्षीय मुकेश शर्मा उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सिंहले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *