मुख्यमन्त्रीलाई लक्षित गरी कालिकोटमा पुनः बम विस्फोट

अनलाईन न्युजपाटी, कर्णाली  समाचारदाता , साउन ३२। 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरि कालिकोटमा विहिवार  पनि बम विस्फोट गराईएको छ । गृह जिल्लाको भ्रमण र योजनाहरुको अनुगमनमाका लागि कालिकोट पुग्नुभएकमा मुख्यमन्त्री शाहीलाई लक्षित गरी  बम विस्फोट गराइएको हो । बम विस्फोटबाट मानवीय क्षति भने भएको छैन।
कालिकोटको कोटिलागाउँबाट रास्कोटको कार्यक्रम स्थलतर्फ जाँदै गर्दा विहिवार बिहान करिब दश बजेतिर रास्कोटमा दुई वटा बम विस्फोट गराइएको प्रहरीले जनाएको छ । मुख्यमन्त्री शाहीका स्वकीय सचिव खेम बहादुर सिंह भने, ‘जंगलतिर गड्याङ गुडुङ गरेको आवाज आएको थियो, दुईवटा जति बम पड्केको जस्तै छ ।’ स्वकीय सचिव सिंहका अनुसार टाढाबाट बम विष्फोट गराईएको हो । ‘नजिकै भए त पक्राउ परिहाल्थे नी’, उनले भने ।
बम पड्काएर टाढैबाट तर्साउन खोजेको हुन सक्ने प्रहरीले बताएको छ । मुख्यमन्त्री शाहीको टोलीमा कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाही पनि रहेका थिए । बुधवार  पनि कालिकोटकै पचाल झरनामा दुईवटा बम विस्फोट गराईएको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *