अनलाईन न्युजपाटी ,जनकपुर ,समाचारदाता, भदौ ६ ।
प्रहरीले वीरगञ्जबाट २ लाख ५० हजार अवैध भारु रमकसहित भारतीय नागरिक पक्राउ गरेको छ ।
भारत विहार वैशाली थाना लालगञ्ज पोष्ट खन्जाहा चौक बस्ने ३६ वर्षीय मिथिलेस कुमारलाई प्रहरीले बिहीबार अवैध भाररुसहित पक्राउ गरेको हो ।वीरगञ्ज–१६ ईनर्वा, शंकराचार्य गेट स्थित नेपालबाट भारततर्फ पैदल जाँदै गरेका मिथिलेसको साथबाट भारतीय रुपैया २ लाख ५० हजार फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जनाए ।उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको छ ।