वीरगञ्जमा नक्कली बमले आतंक मच्याउने तिन जना पक्राउ

अनलाईन न्युजपाटी ,बिरगंज    ,समाचारदाता ,भदौ ६ ।

 बिरगञ्जमा बिभिन्न समयमा बम आतंक मच्याउने तिनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाका ३२ वर्षीय इनुस अन्सारी, २२ वर्षीय सद्दाम अन्सारी र १९ वर्षका टाइगर भनिने जौवाद अन्सारी रहेका छन् ।गत साउन २४ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ बिर्तास्थित हाट बजारमा पटाका बम पड्किँदा दुईजना घाईते भइका थिए । लगत्तै त्यसको केहीदिनपछी वडा नम्बर ८ अन्तर्गत पर्ने घण्टाघर नजिकै अर्को बम पड्कियो । रतीका समयमा घटना भएकाले ब्यस्त बजार मानिने स्थानमा समेत एकजना मात्रै घाईते भए । तर लगातारका यस्ता घटनाले वीरगञ्जबासीको चैन उडाएको थियो । यता प्रहरी प्रशासनमाथी समेत सुरक्षा चुनौती बढेको थियो । नागरिकमा आतंक फैलाउनेहरुमाथी निगरानी बढाउँदै सुक्ष्म अनुसन्धामन सुरु गरेको पर्सा प्रहरीले एक सतापछी घटनामा संलग्न तिन जनालाई पक्राउ गर्न सफल भएको हो ।अनुसन्धानकै क्रममा वीरगञ्ज महानगरपालिका २५ चण्डाल चोकबाट पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले सुतली बम जस्तो देखिने बस्तु तिन थान, चार राउण्ड गोली  र दुई थान मोबाईल समेत बरामद गरेको छ । पक्राउ परेका उनिहरुले पर्साका प्रमुख जिल्ला अधिकारीलाई समेत एसएमएसमार्फत धम्की दिनेगरेको खुलेको जिल्लाका प्रहरी प्रबक्ता अनन्तराम शर्माले जानकारी दिए । उनीहरू तीनै जनालाई हातहतियार तथा खरखजाना र विष्फोटक पदार्थ सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरि थप अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *