चितवनमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

अनलाईन न्युजपाटी,चितवन  ,समाचारदाता, भदौ ९  गते ।

जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहको मुद्दा दर्ता भएको छ । आज  बयान तथा थुनछेक बहस हुनेछ ।तर, लामिछाने निर्दोष भएको भन्दै चितवनमा लगातार प्रदर्शन हुँदै आएको छ । आइतबार लामिछानेलाई अदालतबाट जिल्ला प्रहरी कार्यालयको हिरासतमा लैजाने क्रममा प्रदर्शनकारीले प्रहरीमाथि बोतल हालेका थिए ।त्यसक्रममा केही तनावको स्थिति उत्पन्न भएको थियो । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार साँझ नै निषेधाज्ञा जारी गरेको छ ।स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क अनुसार यो आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् । यसको उल्लंघन गर्नेलाई प्रजिअले ५०० सम्म जरिवाना वा एक महिनासम्म कैद वा दुबै सजाय तोक्न सक्ने ऐनमा व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *