ब्राउन सुगर सहित ४ जना पक्राउ

अनलाईन न्युजपाटी, झापा ,समाचारदाता, भदौ १२ गते ।

लागु औषध ब्राउनसुगर सहित ४ जनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट बुधवार दिऊँसो १ बजे खटिएको प्रहरी टोलीले मोरङ बेलवारी नगरपालिका ३ का २४ बर्षीय सन्तोष खड्का र १९ बर्षीय सोनाम लिम्बुलाई १
ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित मेचीनगर नपा ६ स्थित भन्सार गेटबाट फक्राउ गरेको हो । सोही दिन साँझ ५ बजे मेचीनगर नपा ७ गैह्रीगाउँबाट बेलवारी नपा ३ का १९ बर्षीय सुरज खवासलाई ५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
यसैगरि प्रहरी टोलीले राती साँढे ८ बजे बिर्तामोड नपा ५ बाट हल्दिवारी गाउँपालिका १ का २६ बर्षीय मनोज गुरुङलाई ९० ग्राम ब्राउ सुगर मे ९ प ४८३२ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो ।
प्रहरीले अबैध रुपमा नेपाल ल्याउदै गरेको २ लाख बरावारको औषधी झापाको काकडभिटाबाट नगरपालिका ६ बाट नियन्त्रणमा लिएको छ ।१० हजार १ सय ९४ गाँजाको बोट  नष्टयस्तै धनकुटाको शहिदभुमी गाउँपालिका १ को पांगनाम र २ को बुर्खामा अबैध रुपमा लगाएको२५ रोपनी जग्गामा अबैध रुपमा लगाएक १० हजार १ सय ९४ बोट गाँजाको बोट प्रहरीले नष्ट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *