उच्च अदालत पाटनले अपहरण तथा शरीर बन्धक बनाएको कसुरमा पूर्वसांसद श्यामसुन्दर गुप्ता लगायत ५ जना विरुद्ध १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाए

अनलाईन न्युजपाटी ,काठमाडौँ  , समाचारदाता, भदौ १३ गते ।

 उच्च अदालत पाटनले अपहरण तथा शरीर बन्धक बनाएको कसुरमा पूर्वसांसद श्यामसुन्दर गुप्ता लगायत ५ जना विरुद्ध १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । न्यायाधीश गुणराज ढुंगेल र टेकप्रसाद ढुंगानाको इजलासले गुप्ताका साथै आकाश लामा, जीतबहादुर गोले भनिने विकास लामा, अमिर आचार्य र किशोर पाण्डेलाई दोषी ठहर गरेको हो ।यही मुद्दामा जिल्ला अदालत काठमाडौंले उनीहरुलो अपहरण तथा शरीर बन्धक बनाउने प्रयास गरेको मात्रै ठहर गरेको थियो। त्यही कसुरमा उनीहरुलाई साढे ३ वर्षका दरले कैद सजाय हुने फैसलालाई उच्च अदालतले उल्ट्याएको हो।गुप्ता २०६८ माघमाव्यापारी पवनकुमार संघाईको अपहरणको मुख्य योजनाकार र फिरौतीबापत ८५ लाख रुपैयाँ लिने अभियुक्त हुन्।सात वर्ष जेल सजाय तोकिएका गुप्ता ३ वर्ष ६ महिनामा नै जेलमुक्त भए। उनको बाँकी ३ वर्ष ६ महिना कैद सजाय मिनाह भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *