नेपाली युवतीलाई विवाहको प्रलोभनमा चीनमा तस्करी गर्ने गिरोह पक्राउ

अनलाईन न्युजपाटी ,काठमाडौँ ,समाचारदाता, भदौ १३ गते ।

नेपाली युवतीलाई विवाहको प्रलोभनमा चीनमा तस्करी गर्ने गिरोह पक्राउ परेको छ ।प्रहरीको मानव बेचबिखनविरुद्धको ब्युरोले ४ जना पीडित महिलाको उद्धार गरेको हो भने ६ नेपाली र ४ जना चिनियाँ नागरिक गरी १० जनालाई पक्राउ गरेको हो ।ब्युरोका प्रमुख एसएसपी ईश्वर कार्कीका अनुसार पक्राउ पर्ने नेपाली नागरिकमा सिन्धुपाल्चोककी रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकाटका रोज तामाङ, लमजुङकी पार्वती गुरुङ, अमृता गुरुङ, भरत तामाङ र उषाकुमार घिमिरे छन् ।त्यस्तै, चिनियाँ नागरिक जेङ सियाङ डोङ, ज्याङ डोङ हुइ, क्वान ग्याङ पिङ र क्वीन लियाङ छन् ।चिनियाँ नागरिकले नेपाली युवतीसँग अदालती विवाह गरेर विवाह दर्ता समेत बनाएर चीन लग्ने गरेको देखिएको कार्की बताउँछन् ।उनका अनुसार अभियुक्तको साथबाट १२ वटा मोबाइल, करिब २२ लाख नेपाली रुपैयाँ, चिनियाँ यूआन २ हजार ३ सय र अमेरिकी डलर १ सय ९० बरामद भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *