सोलु दूधकुण्ड नगरपालिकाको फेरामा हेलिकप्टरबाट सामग्री खसेको स्थानीयवासीले बताए

अनलाईन न्युजपाटी,सोलुखुम्बु ,समाचारदाता भदौ २२ गते।

फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन्। फालु विमानस्थलबाट स्याङ्बोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकप्टरबाट सिरकलगायतका सामग्री झरेको उनीहरूको भनाइ छ।हेलिकप्टरबाट सामग्री झरेको भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय समेतको ध्यानाकर्षण गराएका छन्। कार्गो उडान कम्पनीको लापरबाहीका कारण सामग्री झरेको उनीहरूको आरोप छ।प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले कम्पनीले सामग्री ढुवानी गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *