बागलुङमा काकाले ११ वर्षीय भतिजीमाथि जबरजस्ती करणी गरे

अनलाईन न्युजपाटी,बाग्लुंग ,समाचारदाता भदौ २५  गते ।  

बागलुङमा काकाले ११ वर्षीय भतिजीमाथि जबरजस्ती करणी गरेको रहस्य खुलेको छ । बालिकालाई आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले मंगलबार बागलुङ प्रहरीमा उजुरी दर्ता गरेपछि काकाद्वारा भतिजी बलात्कार गरेको रहस्य खुलेको हो ।११ वर्षीया बालिकालाई करणी गर्ने काकाले बलात्कार गरी फरार भएका छन् । बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । भदौ १५ गते तीजको दिन बालिकालाई सुनारले बलात्कार गरेका थिए । घटना गाउँमै लुकाउन खोजेको भए पनि प्रहरीकै सक्रियतामा बलात्कारको घटना बाहिर आएको हो । बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार आर्थिक अवस्था कमजोर भएका कारणले उजुरी दिन सदरमुकाम आउन नसकेको भन्ने सूचनाको आधारमा प्रहरी पीडितकै घरमा पुगेर पीडित परिवारलाई सदरमुकाम ल्याएको हो ।

भट्टले भने, ‘परिवारको आर्थिक अवस्था कमजोर भएकाले यहाँसम्म ल्याउने, घर पुर्याउने  र सदरमुकाम बस्दा लाग्ने सबै खर्च सबै व्यवस्थापन गर्छौ भनेर पीडितलाई कार्यालयमा झिकाएका हौँ । आर्थिक अवस्था कमजोर भएकै कारणले उजुरी दिनबाट वञ्चित गर्नुहुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *