डोटीको पुर्विचौकी गाउँपालिकामा एक युवकको शव मृत अवस्थामा

अनलाईन न्युजपाटी,धनगढी  ,समाचारदाता भदौ २५  गते ।  

डोटीको पुर्विचौकी गाउँपालिकामा एक युवकको शव मृत अवस्थामा फेला परेको छ ।

पुर्विचौकी गाउँपालिका वडा नं. ५ धानुकाँडा घर भएका ३७ वर्षिय पुरन धानुक स्थानीय गण्डीगाड खोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमूख प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए ।मृतक धानुक खोलामा बगेर १५ सय मिटर तल मनना भन्ने ठाउँमा भेटिएको बुधबार मध्यान्ह १२ बजेतिर प्रहरीलाई खबर गरिएको भए पनि घटनास्थलमा मान्छे बगाउने खालको खोला नरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *