पर्सामा करेन्ट लागेर एक बालकको मृत्यु

अनलाईन न्युजपाटी,पर्सा ,समाचारदाता भदौ २५  गते ।  

पर्सामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको धोबिनी गाउँपालिका २ धरिचन बैठाका छोरा ५ वर्षीय मिन्टु बैठा छन् ।बालक घरमै खेल्ने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर घाइते भएको थियो । मिन्टुलाई उपचारका लागि पोखरिया अस्पताल लगिएको थियो ।त्यहाँबाट थप उपचारका लागि नारायणी अस्पतालमा लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *