विद्यार्थी टिकाउन दिवा खाजा

अनलाईन न्युजपाटी,सुर्खेत  ,समाचारदाता भदौ २५  गते ।  

विद्यार्थी टिकाउन सुर्खेतको चिङ्गाड गाउँपालिकाले अर्को जिल्लाको सीमानामा रहेको विद्यालयमा दिवा खाजा खुवाउन सुरु गरेको छ । प्रदेश सरकारले सुर्खेत र सल्यान बाहेकका जिल्लामा दिवा खाजा खुवाउन सुरु गरेपछि दैलेख सँगको सिमानास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय धरमपोखरामा दिवा खाजा शुरु भएको हो । चिङ्गाड गाउँपालिका वडानम्वर ५ मा रहेको विद्यालयमा करिव तीन लाख रुपैयाँको लागतमा दिवा खाजा शुरु भएको प्रधानाध्यापक तेजेन्द्र केसीले बताउनुभयो । दिवा खाजामा अर्गानिक रोटी, तरकारी, चना, सिमी, केराउ लगायतको व्यवस्था गरिएको उहाँले बताउनुभएको छ । धरमपोखराको विद्यालयमा बालविकास देखि कक्षा ५ कक्षा सम्म ८२ जना विद्यार्थीले अध्ययन गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *