सल्यानको एक बिद्यालयमा कक्षा कोठाको अभाव

अनलाईन न्युजपाटी,सुर्खेत  ,समाचारदाता भदौ २६ गते।

सल्यानको एक बिद्यालयमा कक्षा कोठाको अभावमा २ वटा कक्षामा अध्ययनरत बिद्यार्थीहरुलाई एउटै कोठमा राखेर पढाउनुपर्ने बाध्यता छ । जिल्लाको दार्मा गाउँपालिका २ झ्यारिबाङ्गमा रहेको जनकल्याण अधारभुत विद्यालयमा कक्षा कोठाको अभावमा २ वटा कक्षाका बिद्यार्थीहरुले एउटै कोठामा अध्ययन गर्दै आएका हुन् । कक्षा कोठाको अभावमा कक्षा २ र ३ का विद्यार्थीहरुलाइ एउटै कोठामा राखेर शिक्षण सिकाइ गरिदै आएको प्रधानाध्यापक नोखिराम ओलीले बताउनुभयो । कक्षा १ देखि ५ कक्षा सम्म संचालन भएको विद्यालयमा सबै ६ वटा कोठा मात्र छन । एक कोठा कार्यालय र एक कोठा बालबिकासमा प्रयोगमा भएका छन । २०६५ सालमा स्थापना भएको विद्यालयमा १ सय २० जना बिद्यार्थीले अध्ययन गर्दै आएका छन् । कक्षा कोठाको अभाबको बिषयमा सरोकारवालासंग पटकपटक ध्यानाकर्षण गराउदै आए पनि कसैले चासो नदिएको बिद्यालय श्रोतले बताएको  छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *