पर्यटनमन्त्रीलाई गाली गर्ने ज्ञोन्द्र शाही प्रहरीको नियन्त्रणमा

अनलाईन न्युजपाटी,काठमाडौँ  ,समाचारदाता भदौ २९  गते।

पर्यटनमन्त्री योगश भट्टराईलाई प्लेनभित्र गालीगलौज गरेको आरोपमा विवादमा तानिएका ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालगञ्जबाट काठमाडौं फर्कँदा मन्त्रीसँग भएको विवादका बारेमा आइतबार पत्रकार सम्मेलन गरिरहेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई पर्खिँदा नेपालगञ्जबाट काठमाडौं आउनुपर्ने विमान डिले भएको थियो । प्लेन रोकेपछि शाहीको समूहले मन्त्रीमाथि गाली गरेको थिए ।आफ्ना कारण विमान उड्न १५ मिनेट ढिला भएको बताउँदै मन्त्रीले सामाजिक सञ्जालमार्फत माफी मागेका छन् । मन्त्रीले झुट बोकेको भन्दै ‘नेपालका लागि नेपाली अभियान’का अभियन्ता शाहीले पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा शाही र सहभागीबीच चर्काचर्की समेत भएको थियो । विवाद बढेपछि प्रहरीले शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *