अनलाईन न्युजपाटी,बारा ,समाचारदाता भदौ ३१ गते।
बारा प्रहरीले लागुऔषध मुद्धामा तीन वर्षदेखि फरार रहँदै आएका एक प्रतिवादीलाई आइतबार पक्राउ गरेको छ।पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ वस्ने ३५ वर्षीय प्रभु चौधरी रहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका चौधरीलाई जिल्ला अदालत बाराले लागुऔषध हिरोइन मुद्दामा सात महिना पाँच दिन कैद सजाय तोकेकोमा हालसम्म उनी फरार रहँदै आएका थिए।इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो। पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बारामा पठाइएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।