नदीमा हाम फालेर एक युवक बेपत्ता

अनलाईन न्युजपाटी, दार्चुला   ,समाचारदाता भदौ ३१  गते।

दार्चुलाको महाकाली नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महाकाली नगरपालिका वडा नम्बर–४ का ३० बर्षीय सहदेव बोहरा रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान ६:३० बजे बोहोराले खलंगा बजारको पुलघाट नजिकबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रेम सिंह खड्काले जानकारी दिनुभयो । 

बेपत्ता बोहोराको खोजी कार्य तिव्र पारिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *