अनलाईन न्युजपाटी,मोरंग ,समाचारदाता भदौ ३१ गते।
मोरङमा सामान्य विवादमा चिर्पट प्रहार गर्दा एक जना घाइते भएका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ रत्न चोक बस्ने ५० वर्षीय उजेध्वज लिम्बूले दाउराको चिर्पट प्रहार गर्दा १ जना घाइते भएका हुन् ।
सोमबार राति पौने ८ बजेको समयमा सोही नगरपालिका–३ बस्ने २९ वर्षीय सन्तोस लिम्बूलाई उनले सामान्य बादबिबादका क्रममा टाउकोमा दाउराले प्रहार गरी घाइते बनाएका थिए । घाइते उनको पथरीस्थित मोरङ डाइनेष्टिक अस्पतालमा उपचार भइरहेको छ भने कुटपिट गर्ने उजेध्वज लिम्बूलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।