अनलाईन न्युजपाटी, जनकपुरधाम,समाचारदाता असोज ३ गते।
डेङ्गी ज्वरोको महामारी एसिया महादेश भरी नै फैलिदो छ । नेपाल, बङ्गलादेश, सिङ्गापुर, श्रीलंका, कम्बोडिया, लाओस, मलेसिया, थाइल्यान्ड र भियतनाममा डेङ्गीको संक्रमण र मृत्युका कैयौं घटना रिपोर्ट भएका छन् ।
फिलिपिन्समा यस वर्ष मात्रै ११०७ जनाको डेङ्गीबाट मृत्यु भैसकेको छ भने साढे दुई लाख जनामा डेङ्गी देखिएको छ । यसै अवस्थालाई मध्यनजर गर्दै फिलिपिन्समा डेङ्गी महामारी घोषणा गरिएको छ । त्यस्तै बङ्गलादेशमा पनि डेङ्गीले ५७ जनाको ज्यान लिइसकेको छ । नेपालमा पनि हजारौको संख्यामा डेङ्गीबाट १० भन्दा बढीको मृत्यु भैसकेको छ ।