भारतीय व्यवसायीहरुले चराउने बहानामा खसी नेपाल भित्र्याउँदै

अनलाईन न्युजपाटी, काठमाडौँ  ,समाचारदाता ,असोज ९  गते ।  

चाडबाड नजिकिँदै गर्दा भारतीय खसी तस्करी बढ्दो छ । व्यावसायीका अनुसार खुला सिमानाका कारण भारतीय व्यवसायीहरुले चराउने बहानामा खसी नेपाल भित्र्याउँदै तस्करी गरेको जानकारहरु बताउँछन् । चौपाया व्यवसायी संघ कलंकीका अध्यक्ष भानुभक्त पराजुलीका अनुसार हाल दैनिक ३०० देखि साढे तीन सय भातरीय खसी अवैधरुपमा भित्रिन्छ । ‘बाँके, बर्दिया, कञ्चनपुर, कैलाली, रुपन्देहीलगायत जिल्लाबाट बढी भित्रिएका छन्,’ पराजुलीले भने,‘ती जिल्लामा मेसिनले पाठापाठी जन्माए जसरी खसीबोका बढेका छन् ।’चोरी तस्करीबाट आयात भएका खसीबाट उपभोक्ताहरु गुणस्तरसँगै मूल्यमा पनि मारमा पर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *