अभिभावक, विद्यार्थीले दिए चितवन मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम

अनलाईन न्युजपाटी,चितवन,समाचारदाता असोज १२ गते।

चितवन मेडिकल कलेजलाई बढी लिएको शुल्क फिर्ता गर्न विद्यार्थी तथा अभिभावकले २४ घन्टे अल्टिमेटम दिएका छन्। यसअघि जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा कलेजले एक महिनाभित्र विद्यार्थीहरुलाई बढी लिइएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो।फिर्ता गर्नुपर्ने मिति असोज १० गते तोकिए पनि अझै फिर्ता गर्न कलेजले पहल नगरेपछि विद्यार्थी र अभिभावकले २४ घण्टे अल्टिमेटम दिएका हुन्।

१० गतेसम्म विद्यार्थीहरुलाई कलेजले लिएको शुल्कको भर्पाइ दिनेगरी पूर्ण प्रतिवेदन बनाउने सहमति भएको थियो। अहिलेसम्म भर्पाइ दिने र लिइएको बढी शुल्क फिर्ता गर्नेतर्फ कलेजले आलटाल गरेपछि विद्यार्थी र अभिभावकले २४ घन्टे अल्टिमेटम दिएका हुन्।

सोमबार बिहान ११ बजेसम्म विद्यार्थीहरुलाई भर्पाइ दिने काम नभएमा चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र नागरिक सम्मिलित बृहत विरोध कार्यक्रम सुरु हुने विद्यार्थीहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *