अन्ततः पूर्णतया भारतमा इ–सिगरेट प्रतिबन्ध भयो

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता असोज १२ गते।

भारतले इसिगरेट (इलेक्ट्रोनिक चुरोट) प्रतिबन्ध लगाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरुलाई नयाँ नशाबाट टाढा राख्न इसिगरेट प्रतिबन्ध लगाइएको बताएका छन्। उनले हरेक महिना सम्बोधन हुँदै आएको रेडियोको ‘मन कि बात’ कार्यक्रममा बोल्दै आइतबार यस्तो जानकारी दिएका हुन्।

प्रधानमन्त्री मोदीले इसिगरेटमा हानिकारक तत्वहरु हुने र त्यसले स्वास्थ्यमा नकारात्मक असर पर्ने बताउँदै प्रतिबन्ध लगाइएको बताए। भारतमा कसैले इसिगरेट बेच्ने, किन्ने वा बनाउने कृयाकलाप गरे १ लाख भारतीय रुपैयाँ जरिवाना तिराइने गत बुधबार नै निर्णय भएको भारतीय सञ्चार द हिन्दुले बताएको छ।

यो निर्णय भए पनि भारतीय संसदबाट पारित भएको छैन। अमेरिकाका केही प्रदेश, जापान, सिंगापुर लगायतका राष्ट्रहरुले पनि यसअघि इ सिगरेटलाई प्रतिबन्ध लगाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *