अनलाईन न्युजपाटी,पोखरा ,समाचारदाता असोज १६ गते।
निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्की कुटिएका छन्। विमानस्थलकै विभिन्न संरचना बनाउने ठेक्का पाएका ठेकेदार कम्पनीका म्यानेजरसमेत रहेका कमल कार्की नेतृत्वको टोलीले उनलाई बुधबार राती १० बजे कुटपिट गरेका हुन। ‘दशैंको बेला रमाइलो गरौँ भनेर पार्टीको तयारी गरिरहेका थियौँ,’ गण्डकी क्षेत्रीयअस्पताल पोखरामा उपचाररत उनले भने, ‘एक्कासी कुटे। उनीहरुले हिजो दिउँसै देखि रक्सी खाएका थिए। कन्सलटेन्सीकै मानिसहरुले मलाई मर्नेगरी कुटेका हुन्। ‘कमल कार्की, सागर मोहन, सोबेन्द्रराज जोशी र दवाडीले हो मलाई बोत्तल, रडले हानेको, टाउकोमा हानेपछि म बेहोस भएछु। कति कुटे थाहै भएन।’ उनले एयरपोर्ट निर्माणको क्रममा भएका अनियमितता बाहिर ल्याउने डरले कुटेको आरोप लगाए। उनले कमल कार्कीले केहि समय पहिले पनि आफूलाई जागिरबाटै निकाल्न प्रयास गरेको उनको आरोप छ। ‘सिसाको बोत्तलहरुले, रडले टाउको, छात्तिमा हान्नुसम्म हाने,’ उनले भने। कार्कीको टाउको, र आँखामा चोट लागेको छ। दायाँ आँखा सुन्नीएको र रगत जमेको देखिन्छ। शरिरका विभिन्न भागमा निलडाम समेत छ। ‘उनीहरुले यहाँ निर्माण गरेको भवन, एयरपोर्ट बाहिरको सडकको काम गुणस्तर नभएको, सिमेन्टहरु सम्झौता अनुसारको नभएको, त्यहाँ निस्केको ढुंगाहरु अबैध तबरले बाहिर बिक्रि गरेको कुरा बाहिर भन्छ भनेर कुटे,’ उनले भने, ‘मैले यसो नगर भन्थे। म जसरी नी समयमा यो एयरपोर्ट बनाउनुपर्छ भनेर चाइनीज टोली, आयोजना प्रमुखसँग मिलेर काम गर्थेँ। सागर मोहन मेन हो। उहाँले नै सबै निर्माणको ठेक्का पाउनु भएको छ।’ विमानस्थलमा सिआरएन्सी, स्लेट जेभीले विभिन्न भौतिक संरचना निर्माणको काम गरिरहेका छन्। स्लेटको तर्फको म्यानेजर कमलकार्कीले गैरकानुनी तबरले त्यहाँ ठेक्का पार्दै काम गरिरहेको अनिलको आरोप छ।