अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता असोज १७ गते।
प्रहरीले १५ किलो नक्कली चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भइ महालक्ष्मी–११, इमाडोल बस्दै आएका ३३ वर्षीय राज सापकोटा छन् ।महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार सक्कली चाँदी भनेर बेच्न लागेकोअवस्थामा सापकोटालाई पक्राउ गरिएको हो ।उनका अनुसार सापकोटाले इमाडोलमा तिलहरि ज्वेलर्स सञ्चालक गर्दै आएका छन् । पीडितको उजुरीपछि सापकोटालाई धुम्बाराहीबाट पक्राउ गरेर अनुसन्धान थालिएको लम्सालले अनलाईन न्युजपाटीलाई बताए ।