अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,असोज २० गते ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराले भारतबाट भन्सार छली ल्याइएको कपडासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आदर्शकोतवाल गाउँपालिका–५ का रामरतन यादव, जयमंगल प्रसाद यादव र हेमचन्द्र तिवारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उनीहरुले ५ वटा मोटरसाइकलमा अवैध रुपमा सो कपडा ल्याएर सिम्रौनगढ नगरपालिका–६ सानो इटवाल टोल स्थित मोजाहिर मियाँको घरमा लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कुर्ता सुरूवाल,
बच्चाको सुट, सर्ट
,पाईन्ट ,साडी, सेण्डो लगायतका
गरी ३३ लाख
९० हजार बराबरको
कपडा बरामद भएको
प्रहरीले जनाएको छ ।
कपडा कारवाहीको लागि भन्सार
कार्यालय वीरगञ्ज पठाइने प्रहरीले
जनाएको छ ।