बडादशैंका अवसरमा जनकपुरधाममा हिजो राति रावणदहन कार्यक्रम सम्पन्न

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता असोज २२ गते।

बडादशैंका अवसरमा जनकपुरधाममा रावणदहन कार्यक्रम सम्पन्न भएको छ । विजयादशमीका दिन रावणमाथि विजय प्राप्त भएको धार्मिक मान्यतानुसार महावीर युवा कमिटीले विगत दश वर्षदेखि रावणदहन कार्यक्रम आयोजना गर्दै आएको छ ।जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले रामको भूमिकामा गंगासागर र धनुषसागरको डिलमा रावण, कुम्भकर्ण र मेघनाथको बनाइएको प्रतिमामा धनुषले आगो प्रज्वलन गरी दहन गरेका छन् । विजयादशमीको अर्को आकर्षणको रुपमा रहेको रावणदहन कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिइएको छ ।विगत १० वर्षदेखि जनकपुरमा रावणदहन कार्यक्रम हुँदै आएको छ । यस बर्षको रावणदहन कार्यक्रम अन्य बर्षको तुलनामा अलि फरक ढंगले आयोजना गरिएको थियो । असत्यमाथि सत्यको विजय भएको स्मरणमा यस बर्ष विजयादशमीका दिन धनुषसागर पोखरीको बिचमा तटस्थ रुपले काल्पनिक लंकाको निर्माण गरिएको थियो ।बीच पोखरीमा काल्पनीक लंका निर्माण गर्नको लागि करिब ४ लाख रुपैयाँ खर्च भएको महावीर युवा कमिटीका अध्यक्ष संतोष साहले बताए । डुङगा उपर विभिन्न प्रकारले घर निर्माण गरी लंका नामाकरण गरिएको थियो । कार्यक्रम हेर्न गंगासागर र धनुषसागरको वरिपरि भीड नै लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *