एक व्यक्तिमाथि खुकरी प्रहार गरी घाइते बनाएको आरोपमा एक युवक पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता असोज २८ गते।

 काठमाडौंको जयवागेश्वरीमा सडकमा हिँडिरहेका एक व्यक्तिमाथि खुकरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । फुलपातीका दिन सडकमा हिँडिरहेका नरेश देउजालाई घाइते बनाएको आरोपमा मंगलबार काठमाडौंको सिनामंगलस्थित सुकुम्बासी बस्तीबाट विक्रम लिम्बुलाई पक्राउ गरिएको हो ।महानगरीय प्रहरी परिसरका काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ परेका लिम्बुले व्यक्तिगत रिसइवी साँध्न खुकुरी प्रहार गरेको भन्ने बयान दिएको जानकारी दिए ।घाइते देउजाको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जम उपचार भैरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *