अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, असोज ३० गते।
बालिका बेच्ने स्वयंसेवीका सहित ३ जना कैलालीको सहजपुरबाट पक्राउ परेका छन् ।
कैलालीको चुरे गाउँ पालिका सहजपुरबाट बालिका बेच्न खोज्ने गजार कि स्वयमसेबिका सहित ३ जनालाई फल्टुडे प्रहरीले पक्राउ गरेको छ ।
चुरे ६ गजार कि स्वयंसेवीका कलावती बोहरा (कल्पना) र शिखर न पा ३ डोटीका पदम र डम्मरी ताम्राकारलाई गत मंगलबार पक्राउ गरेको हो ।स्वयमसेबिकाले चुरे ६ गजारबाट १२ १३ बर्ष कि २ बालिकालाई राम्रो घरमा विहे गरिदिने भन्दै ललाई फकाई बेच्न खोजि रहेका बेला ईलाका प्रहरी कार्यालय फल्टुडे कैलालीका प्रमुख ईन्सपेक्टर माधव बिश्वकर्माले सहजपुरबाट सेटिङ गर्न नपाउँदै रंगेहात पक्राउ गरेको बताउनुभयो । कल्पना यस्तै काममा सक्रीय रहेको प्रहरीले जनाएको छ । निज हरुलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको ईन्सपेक्टर माधव बिश्वकर्माले बताउनुभयो ।