धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र द्धारा बीपी मार्गको शिलान्यास

अनलाईन न्युजपाटी,धनगढी,समाचारदाता, कार्तिक १ गते।

धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले बिहीबार बीपी सडक मार्गको शिलन्यास गरेकी छन् । भट्टले धनगढी उपमहानगरपालिका १ स्थित बीपी स्मृति भवनको पूर्वपट्टीको सिराडी धामदेखि निर्माणधीन बीपी प्रतिष्ठानको भवनसम्मको सडकको शिलान्यास गरेकी हुन । सडकको शिलन्यास गर्दै उपप्रमुख भट्टले सडकको गुणस्तरीयतामा ख्याल गर्न स्थानीयसंग आग्रह गरिन् । 

स्थानीयले सडक खण्डमा पर्ने आफ्ना निजी संरचना हटाएर निर्माणमा सहयोग गरेको भन्दै स्थानीयको प्रशंसा गरिन । कतिपय ठाउँमा विकासमा तगारो हाल्नेहरु पनि छन् उपप्रमुख भट्टले भनिन्, यहाँहरुले आफ्ना पक्की संरचना भत्काएर पनि काम गर्ने वातावरण बनाउनु भयो त्यसैले धन्यवादका पात्र हुनुहुन्छ । विकास गर्न नदिनेहरुले लक्ष्मीटोलवासीबाट सिक्नुपर्ने पनि उपप्रमुख भट्टले बताइन ।

सडक सिलन्यास कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरी, वडा सदस्य सुवास चन्द लगायतको उपस्थिति थियो । धनगढी उपमहानगरपालिकाका सव इञ्जिनीयर विबष्णु खड्काले सडक ४ सय मिटर नालीसहित पिच हुने बताए । उनले भने, सडकको चौडाई ९ मिटर रहेको छ । जय श्री बैजनाथ बाबा कन्सट्रक्सनले निर्माणको ठेक्का पाएको छ । निर्माण कम्पनीका प्रवन्धक राजेश खड्काले काम बिहीबारबाट सुरु गरेको बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *