अनलाईन न्युजपाटी,बिराटनगर ,समाचारदाता, कार्तिक २ गते।
भारतको जोगबनीबाट भन्सार छलेर नेपाल ल्याएका सामान मोरङ प्रहरीले विराटनगरका विभिन्न स्थानबाट बरामद गरेको छ । भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छलेर ल्याउदै गर्दा विराटनगर १५ बसपार्क नजिकैबाट ५० हजार मुल्य बराबरको समान बरामद गरेको हो ।विराटनगर १२ स्थित भित्री सडकबाट२० हजार मुल्य बराबरको सामान बरामद गरेको मोरङ प्रहरी प्रवक्ता राजकमार खिउजुले जानकारी दिनुभयो ।त्यसैगरी विराटनगर १० शान्ति चोकमा अवैध रूपमा भन्सार छलेर ल्याएको करिब ३४ हजार ५ सय मुल्य बराबरको लत्ताकपडा विभिन्न स्थानबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरेको छ । पक्राउ परेका सामान आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको मोरङ प्रहरीले जनाएको छ