अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता, कार्तिक ३ गते।
रौतहटको राजपुरमा भएको बम बिस्फोटका जीवित घाइतेहरु रौतहट प्रहरीको सम्पर्कमा आएका छन् । बम बिस्फोटका सबै प्रमाण नष्ट गरेको भनिए पनि केही घाइते अहिले प्रहरीको सम्पर्कमा आएकाले अनुसन्धानमा सहज हुने बताइएको छ । घटना पुष्टिका लागि पर्याप्त प्रमाण प्रहरीले घाइतेहरुबाटै संकलन गरिसकेको जनाइएको छ । अनुसन्धान क्रममा एक सातादेखि प्रहरी हिरासतमा रहेका घटनाका आरोपित सांसद महम्मद आफताब आलमले बयानका लागि मुखै नखोले पनि बिस्फोटमा परेर घाइते भएका दुईजनाले बताए दिइसकेका छन् ।