कैलालीबाट २८ जुवाडे प्रकाउ

अनलाईन न्युजपाटी, कैलाली,समाचारदाता,कार्तिक ४ गते।

इलाका प्रहरी कार्यालय मालाखेतीले कैलालीबाट २८ जुवाडेलाई प्रकाउ गरेको छ ।गोदावरी नगरपालिका-७ लालपुरस्थित वीबहादुर वलीले सञ्चालन गरेको वली होटलबाट उनिहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीलेले पक्राउ गरेको हो ।जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले आइतबार राति २८ जना जुवाडेलाई एक लाख ५६ हजार ३८२ रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षिक प्रकाशसिंह कार्कीले जानकारी दिए ।पक्राउ परेकाहरुलाई जुवा ऐनअनुसार कारवाही गरिने प्रहरी निरीक्षक कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *