रुपन्देहीको सैनामैना सोरौलीबाट १० लाख युरोको एउटा नोटसहित पाँच जना पक्राउ

अनलाईन न्युजपाटी,बुटवल,समाचारदाता,कार्तिक ४ गते।

रुपन्देहीको सैनामैना सोरौलीबाट १० लाख युरोको एउटा नोटसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।नोट सक्कली हो या नक्कली भन्ने यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेम थापाले बताए । नोटबारे यकिन जानकारीका लागि उक्त नोटलाई नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय काठमाडौं पठाइएको थापाले बताए ।प्रारम्भिक अनुसन्धानबाट उक्त नोट सटही नहुने र मौदि्रक मूल्य नभएको केवल शो केसमा सजाएर राख्ने प्रयोजनको भएको बुझिएको प्रहरी उपरीक्षक थापाले बताए । ‘हामी अनुसन्धानमै छौं, अहिलेसम्मको बुझाइमा यो नोट सटही गर्न वा प्रयोगमा ल्याउन मिल्ने खालको होइन भन्ने छ,’ ‘नोटबारे यकिन गर्न राष्ट्र बैंकलाई लेखेर पठाएका छौं ।’नोट सटही भएको खण्डमा १२ करोड ८० लाख नेपाली रुपैयाँ हुन आउँछ ।पक्राउ पर्नेमा सैनामैना २ की मिना सुनार, रमेश सुनार, गुल्मी धुर्कोटका राजु सुनार, नवलपरासी बर्दघाटका कमल सुनार र स्याङ्जा गल्याङका गणेश सुनार रहेका छन् ।उनीहरुबाट ६ थान मोबाइल पनि बरामद भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *