अनलाईन न्युजपाटी,इटहरी,समाचारदाता,कार्तिक ५ गते।
इटहरीको बुढी खोला अहिले दुर्गन्धीत बन्न पुगेको छ । खोला स्थानीय बजारमा उत्पादिप फोहोर फाल्ने डम्पीङ साईड बन्न पुगेको हो । खोला क्षेत्रमा अहिले फोहोरले दुर्गन्ध छाएको हो । छठ पर्वको रौनक सुरु भए पनि छट पुजा गर्ने ठाउँ फोहोर हुदै गएको छठ पुजा समितिका अध्यक्ष वासुदेब शाहले बताए । अहिले बुढी खोला फोहोर भएको शाह बताउछन । स्थानीयबासीहरुले उत्पादिप फोहोर खोलामा हालेको कारण समस्या भएको उनको भनाई छ । बुढी खोला क्षेत्रमा फोहोरको थुप्रो धेरै भएको बताउँछन । इटहरीका पुराना ब्यपारी हिरा महतो । छठ नजिकिए सँगै फोहोर सफा गर्ने आफुहरु लागेको बताए । घाट आसपासको क्षेत्रमा समेत फोहोर धेरै भएको महतोको भनाई छ।