अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ६ गते।
भर्खरै प्राप्त समाचार अनुसार चाबहिलबाट चुच्चेपाटी जाने मूल सडक छेउमा रहेको पुरानो घर भत्काउने क्रममा घाइते भएका २६ वर्षीय दीपक तामाङको मृत्यु भएको छ।बुधबार दिउँसो पुरानो घरलाई विस्तारै भत्काउँदा एक्कासी गर्लम्बै ढलेपछि उनी घाइते भएका थिए। उनी घर भत्काउने कामदार थिए।
चाबहिलस्थित दिर्घायु अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी वृत्त गौशालाका डिएसपी प्रदीप कुमार सिंहले अनलाईन न्युजपाटीलाई जानकारी दिए। घर भत्किँदा घाइते भएका रामबहादुर कुँवरको भने अवस्था सामान्य रहेको सिंहले बताए।