बलात्कार गरेको आरोपमा रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राई पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक १२ गते।

प्रहरी बलात्कार गरेको आरोपमा रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई पक्राउ गरेको छ ।राई आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य हुन् । उनी वीएड् तेस्रो वर्षमा अध्ययरत् छन् ।महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीले उनलाई मंगलबार विहान ६ बजे पक्राउ गरेको हो ।पीडितले दिएको किटानी जाहेरीको आधारमा राईलाई पक्राउ गरिएको बौद्धका डीएसपी रमेशबहादुर सिंहले पुष्टि गरे । उनले अनलाईन न्युजपाटीलाई भने, ‘अहिले हिरासतमा राखेका छौं । अदालत खुलेपछि जबरजस्तीकरणी सम्बन्धी कसूरमा म्याद थप्छौं ।’पीडितका अनुसार राईले देउसी खेल्न भनेर बोलाएर माकलबारीमा उनीमाथि जबरजस्तीकरणी गरेका थिए ।उनको सोमबारै थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षण गरिसकिएको छ । यद्यपि, रिपोर्ट आइसकेको छैन ।अपरान्ह करिब ३:३० बजे राईले उनका आफन्तको कोठामा कोही नभएको वेला लगेर जबरजस्ती गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ । उनले हात बाँधेर चक्कु देखाउँदै बलात्कार गरेको पीडितको बयान छ ।अनुसन्धान अधिकृतका अनुसार, पीडितकी दिदी राईका साथी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *